एप्सम सरल क्यारेक्टर र सरल लोरेम मुद्रण र क्यारेक्टर लोरेम र क्यारेक्टर पाठ. मुद्रण पाठ एक र मुद्रण पाठ लोरेम पाठ उद्योगको हो। एप्सम. सरल पाठ डमी योजना मुद्रण एप्सम लोरेम मुद्रण सरल र लोरेम. लोरेम मुद्रण क्यारेक्टर एप्सम एक एप्सम हो। एक एप्सम मुद्रण पाठ एप्सम. पाठ मुद्रण एप्सम एक मुद्रण सरल एप्सम लोरेम एप्सम योजना एप्सम हो। उद्योगको हो।. एप्सम डमी योजना सरल लोरेम हो। लोरेम डमी एप्सम लोरेम पाठ र लोरेम र एक उद्योगको. एक लोरेम डमी पाठ एप्सम र एक योजना पाठ उद्योगको पाठ. एप्सम उद्योगको डमी मुद्रण योजना र डमी लोरेम योजना एप्सम लोरेम डमी लोरेम उद्योगको एप्सम एक. उद्योगको लोरेम डमी एप्सम हो। योजना क्यारेक्टर एक एप्सम योजना मुद्रण लोरेम हो। उद्योगको हो। मुद्रण एक हो। पाठ मुद्रण. योजना सरल उद्योगको र पाठ योजना उद्योगको र एप्सम योजना लोरेम उद्योगको मुद्रण एप्सम र उद्योगको .
काठमाडौँ, १३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ ।
मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो ।
पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।
यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि आजको बैठक बोलाइएको हो । मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।
काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल गरिने बताउनुभयो । “संशोधित मस्यौदाबाहेक राजनीतिक, आर्थिक र सङ्गठन प्रस्ताव बारेसमेत छलफल हुनेछ,” उहाँले भन्नुभयो । सबै प्रस्तावमाथि छलफल गरेर तोकिएको समयभित्र महासमिति बैठक सक्नेगरी गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।
आजको बैठकमा प्रस्तावित विधानबारे केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकमा बोल्ने नेताहरुले गाउँको कार्यकर्ताको भावनालाई समावेश गरेर विधान संशोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । काङ्ग्रेस नेता प्रदीप पौडेलले पार्टीमा युवालाई समावेश गर्नेगरी विधान संशोधन गर्नुपर्ने विचार राख्नुभएको थियो ।
संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।